बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
खेलकुद क्रिकेट

टी-२० विश्वकप छनोटका लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
टी-२० विश्वकप छनोटका लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं, असार २९ :

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले आइतबार खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । यसअघि खेल मिलेमतोको आरोप लागेका मोहम्मद आदिल आलमलाई पनि करिब तीन वर्षपछि प्रशिक्षणमा बोलाइएको छ ।

मिलेमतोको आरोपमा उनी प्रतिबन्धमा परेका थिए । आरोप प्रमाणित नभएपछि उनको प्रतिबन्ध फुकुवा भएको हो ।

अक्टोबरमा ओमानमा आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कुवेत र जापान परेको छ । पहिलो चरणको प्रतिस्पर्धामा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार रहेको छ । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समओले रहेको छ ।

छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ । सिंगल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

छनोट खेलअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ । त्यहाँ नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।

प्रशिक्षणमा को-को परे?

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भिम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी र  सोमपाल कामी परेका छन् । 

यसैगरी रिजन ढकाल, प्रतीस जिसी, ललित राजवंशी, कमलसिंह ऐरि, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्र सिंह ऐरि, रुपेश सिंह, बसिर अहमद, युवराज खत्री, किरण ठगुन्ना, मोहम्मद आदिल अलाम, पवन शराफ, शेर मल्ल, शुभ कंसाकर र अर्जुन घर्ती पनि प्रशिक्षणमा अटाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार