
साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार ३५.०९ अंकले घट्दै २,७२५.७१ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.८३ अंकले घटेर ४७४.३५ अंकमा चढेको छ ।
नेप्सेमा आज ३२१ वटा कम्पनीको ७२ हजार ६०१ पटकको कारोबारमा दुई करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच भए । जसअनुसार आज आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको दिनमा १५८ कम्पनीको सेयर मूल्य घट्दा ५० वटा कम्पनीको मात्र बढ्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा हाइड्रो पावर समूहको मात्र सूचक बढ्दा बाँकी सबै राताम्मे बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा माई खोला हाइड्रोपावर लिमिटेड परेको छ । जसको मूल्य सर्वाधिक ५.९० प्रतिशतले बढेको छ । यसको सेयरमूल्य प्रतिकित्ता ९५६.६९ रुपैयाँ कायम भएको छ ।
बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसको सेयर मूल्य सर्वाधिक ४.४६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १,५२९.४३ रुपैयाँमा झरेको छ ।
नेप्सेमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको कारोबार सर्वाधिक भएको छ । एनआरएनको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २,२७५ रुपैयाँमा रह्यो । यसको ४० करोड ८८ लाख ५३ हजार ४६४ रुपैयाँको सेयर कारोबार भएको छ ।