बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद फुटबल

नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
असार ३१ :

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल बंगलादेशको बसुन्धरा किंग्स मैदानमा हुनेछ र नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुने छ।

नेपाल प्रतियोगितामा दोस्रो जितको खोजीमा छ। अहिलेसम्म दुई खेल खेलेको नेपालले एकमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ को हार सामना गरेको थियो।

दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिन लागेको नेपालका लागि श्रीलंकाविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ। आजको खेल जिते नेपालले सेमिफाइनल सम्भावना बलियो बनाउन सक्छ।

श्रीलंकाको प्रदर्शन भने अहिले सम्म निराशाजनक रहँदै आएको छ। उसले खेलिएका दुवै खेलमा भारी अन्तरले हार बेहोरेको छ। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग ९–१ ले र दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो। नेपालले यदि आजको खेलमा उत्कृष्ट प्रदर्शन दोहोर्याउन सक्यो भने प्रतियोगितामा अग्रस्थानमा पुग्ने ढोका खुल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार