आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

चरम अतिवादको शैली अवलम्बन नगर्न रास्वपालाई कांग्रेस सांसद बजगाईंको चेतावनी

‘रास्वपाले देश निर्माणको स्पष्ट योजना देखाउनुको सट्टा राजनीतिक प्रपोगाण्डामा व्यस्त रहे’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
चरम अतिवादको शैली अवलम्बन नगर्न रास्वपालाई कांग्रेस सांसद बजगाईंको चेतावनी
काठमाडौं, असार ३१ :

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई (रास्वपा) लाई चरम अतिवादको शैली अवलम्बन नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद बजगाईंले यस्तो चेतावनी दिएका हुन् । रास्वपा सरकारमा जाँदा समेत कांग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साध्नुबाहेक केही गर्न नसकेको उनको आरोप छ ।

बजगाईंले रास्वपाले देश निर्माणको स्पष्ट योजना देखाउनुको सट्टा राजनीतिक प्रपोगाण्डामा व्यस्त रहेको बताए । उनले रास्वपाले थालेको हस्ताक्षर अभियान समेत गैरकानूनी रहेको टिप्पणी गरे ।

उनले भने, ‘अहिलेसम्म तपाईहरुको देश यस्तो बनाउने भन्ने स्पष्ट योजना देखिएको छैन । मात्र सत्तामा हाम्रो पार्टी परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चनुभयो हिजोको सत्ता आरोहण गर्दा । अहिले पनि प्रपोगाण्डामै व्यस्त हुनुहुन्छ । बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ– पर्ख २०८४ मा देखाउँछौं । यो प्रतिशोधको भाषा थियो । त्यो शैली चरम अतिवादतर्फ उन्मुख देखिन्छ । यो प्रवृत्तिले चरमपन्थी व्यवहारको झल्को दिन्छ जुन लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन । देशलाई अहिले बद्लाको होइन दिशा र दृष्टिकोणको खाँचो छ । र यो हामीबाट अनुसरण गर्नुपर्छ ।’

देशलाई बदला नभई स्पष्ट दिशा र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै सांसद बजगाईंले सबै दलले लोकतान्त्रिक अभ्यासमा रहनुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार