बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्यो : सांसद शर्मा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्यो : सांसद शर्मा
काठमाडौं, असार ३१ :

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गरे ।

उनले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताए । निर्यात दिनदिनै कम भइरहेको बताए । ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको बताए । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गरे पनि देश बन्न नसक्ने बताए ।

सांसद शर्माले भन्नुभयो, ‘हामीले डाटा, तथ्य, तथ्यांकमा हेर्‍यौं भने धनी र गरिबको खाडल झन्-झन् गहिरिरहेको छ । वा बढिरहेको छ । त्यो हामीले देखिरहेका छौं । खाद्य संकट पनि बढिरहेको छ । बेरोजगारी पनि बढिरहेको छ । ’ सांसद शर्माले देश बनाउने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न जरुरी रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार