बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘सरकारका गुण र दोषको जिम्मेवारी कांग्रेस-एमाले दुवैले लिनुपर्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३२ असार, २०८२ मा प्रकाशित
‘सरकारका गुण र दोषको जिम्मेवारी कांग्रेस-एमाले दुवैले लिनुपर्छ’
काठमाडौं, असार ३२ :

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले सरकारले राम्रा कामहरु पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारले गरेका गुण र दोषहरु कांग्रेस र एमाले दुवै राजनीतिक दलले लिनुपर्ने उल्लेख गरे ।

सरकारले जनताको हितमा कामहरु गर्दै जानुपर्ने उनको भनाइ छ । उनले शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको पनि बताए ।

‘अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ । एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । शिक्षा मन्त्रालय एमालेकै साथीहरुले सम्हाल्नुभएको छ । यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ,’ उनले भने, ‘हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत । केही गर्न सकेका छैनौँ । गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन । जनताका लागि हामीले नै काम गर्ने हो । शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी छ । त्यो विशेष जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ ।’

सांसद सिटौलाले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरु रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार