
नेकपा (एमाले)ले अगामी भदौ २१, २२ र २३ गतेका लागि तय गरिएको विधान महाधिवेशनको लागि तयारी तीव्र पारेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठकमा विधान संशोधनसहित महाधिवेशनमा पेस हुने संगठनात्मक र राजनीतिक प्रतिवेदनबारे छलफल भइरहेको छ ।
बैठककै क्रममा सञ्चारकर्मीहरुसँथ कुराकानी गर्दै सचिव योगेश भट्टराईले विधान महाधिवेशनका लागि विधान संशोधन, संगठनात्मक प्रश्ताव र राजनीतिक प्रतिवेदन लगायतका विषयहरुमा छलफल भइरहेको बताए ।
उनले विधान महाधिवेशनले पार्टीको केन्द्रीय संरचना र पदाधिकारी चयनको ढाँचा टुंगो लगाउने भएकोले सुझाव संकलन लगायतका कामहरु भइरहेको बताए । विधान संशोधन सम्बन्धी छलफल चलिरहेको उल्लेख अगामी भदौ ५ गतेभित्र संशोधन प्रस्तावमा निष्कर्षमा पुगाउने पार्टीको लक्ष्य रहेको पनि बताए ।
बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमामाथि छलफल जारी रहेको सचिव भट्टराईले बताए ।
पौडेलले वरिष्ठ उपाध्यक्ष हटाएर पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका छन्। प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था ल्याइएको थियो ।प्रस्तुत प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछ ।
पौडेल पौडेलले ल्याएको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले धारणा राखिरहेका छन् । साथै, उनले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव पनि अघि सारेका छन् ।
यस्तै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले प्रवेश पाएको छ ।सचिव भट्टराईका अनुसार पार्टी अध्यक्ष ओलीले नै यो विषयमा छलफल आवश्यक भएको बताएका हुन् । एमालेको राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई आवश्यक जिम्मेवारी दिनेबारे पनि बैठकमा सामान्य छलफल भएको छ।