सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार शिक्षा

विद्यार्थीलाई प्रकाशमानको सुझाव- जिन्दगीको लक्ष्य पूरा गर्न मिहिनेत गर्नुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ साउन, २०८२ मा प्रकाशित
विद्यार्थीलाई प्रकाशमानको सुझाव- जिन्दगीको लक्ष्य पूरा गर्न मिहिनेत गर्नुस्
काठमाडौं, साउन २ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य पूरा गर्न मिहिनेत गर्नैपर्ने बताएका छन् ।

गुह्येश्वरी बाल शिक्षा मावि थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उनले विद्याथीहरुलाई मिहिनेती बन्न सुझाए । मिहिनेत र परिश्रमविना मानिसले सफलता प्राप्त गर्न नसक्ने भन्दै उनले विद्यार्थीहरुलाई अध्ययनमा ध्यान दिन पनि आग्रह गरे ।

‘तपाईंहरु जस्तो पारिवारिक पृष्ठभूमिबाट आउनुभएको भए पनि भविष्य तपाईंहरुको हातमा छ । अध्ययनको अवसर सदुपयोग गर्नुस् । विनामिहिनेत कोही पनि सफल हुँदैन । मिहिनेत, परिश्रम गर्नुस् । भविष्य उज्ज्वल छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले शैक्षिक अवस्था राम्रो बनाउन विद्यार्थी, अभिभावक र विद्यालय परिवार सबैको साझा प्रयत्न आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विद्यालयका उत्कृष्ट शिक्षक एवं विद्यार्थीलाई सम्मान एवं पुरस्कार वितरण गर्दै आगामी दिनमा अझै राम्रो गर्न शुभकामना दिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाल पनि सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार