सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

एम्नेस्टीले भन्यो- राज्यका निकायबाट जबरजस्ती निष्कासनको क्रम जारी छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ साउन, २०८२ मा प्रकाशित
एम्नेस्टीले भन्यो- राज्यका निकायबाट जबरजस्ती निष्कासनको क्रम जारी छ
काठमाडाैं, साउन ३ :

एम्नेस्टी इन्टरनेसनलले नेपालमा राज्यका विभिन्न निकायहरूले नागरिकलाई आवासविहीन बनाउँदै जबर्जस्ती निष्कासन गर्दै आएको आरोप लगाएको छ ।

संस्थाका निर्देशक निराजन थपलियाका अनुसार भूमि र आवासको अधिकार क्षेत्रमा काम गर्ने संघसंस्थासँगको सहकार्यमा २०२४ मा कैलाली, सिरहा, सुनसरी र झापा जिल्लामा स्थलगत अनुसन्धान गरिएको थियो।

उक्त अनुसन्धानको आधारमा तयार गरिएको ‘कहीँ जाने ठाउँ छैन: नेपालमा जबरजस्ती निष्कासन’ शीर्षकको प्रतिवेदन साउन ६ गते सार्वजनिक गरिनेछ।

एम्नेस्टीका अनुसार संविधान र कानुनहरूले आवासको अधिकार सुनिश्चित गरे पनि राज्यका निकायहरूले कानुन विपरीत निष्कासनको अभ्यास गरिरहेको देखिएको छ।

आवासको अधिकारसम्बन्धी ऐन, २०७५ र भूमि ऐन, २०२१ को संशोधन अनुसार जबर्जस्ती निष्कासन रोक्न कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा समस्या देखिएको एम्नेस्टीले जनाएको छ।

प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा आवास अधिकारको परिपूर्ति र राज्यको भूमिकाबारे छलफल हुने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार