सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कारबाहीमा परेका उपाध्यक्ष गिरीले दिए लिङ्देनविरुद्ध निर्वाचन आयोगमा उजुरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ साउन, २०८२ मा प्रकाशित
कारबाहीमा परेका उपाध्यक्ष गिरीले दिए लिङ्देनविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं, साउन ४ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदमुक्त गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध पार्टीका वरिष्ठ नेताहरू निर्वाचन आयोग पुगेका छन्।

गिरीले आफूलाई विधानविपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाइएको भन्दै आयोगमा उजुरी दिएका हुन्। उनीसँगै महामन्त्री धवल शम्शेर राणा र अन्य नेताहरू पनि आयोग पुगेका थिए। प्रकाशचन्द्र लोहनी, हरि बस्नेत लगायतका नेताहरूले पनि अध्यक्ष लिङ्देनको निर्णयलाई मान्यता नदिन आयोगसँग माग गरेका छन्।यसअघि अनुशासन समिति संयोजक नवराज सुवेदीले पनि कारबाही अवैधानिक भएको भन्दै आयोगमा उजुरी दिएका थिए।

यसअघि कारबाहीको विरोध गर्दै कर्णाली प्रदेशका १६ जना नेताहरूले सामूहिक विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता गर्न माग गरेका थिए। उनीहरूले गिरीलाई स्पष्टीकरणको अवसर नदिई एकल निर्णय गरिएको भन्दै आपत्ति जनाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार