आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
काठमाडौं, साउन ५ :

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

सीएनआई (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग आज (सोमबार) निजी निवास खुमलटारमा भेटका क्रममा उनले यस्तो बताएका हुन् । भेटका क्रममा दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याए ।

‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,’ अध्यक्ष दाहालले भने, ‘राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’

सीएनआईका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गरेका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार