बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

शेखर कोइरालाको आरोप- कांग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ साउन, २०८२ मा प्रकाशित
शेखर कोइरालाको आरोप- कांग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गर्‍यो
काठमाडौं, साउन ६ :

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रममा उनले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउने कुरा राम्रो भए पनि आफ्नो महत्त्व कांग्रेसले बिर्सिन नहुने बताए । अहिले कांग्रेसको महत्त्वमाथि कम्युनिस्टहरुले आक्रमण गरिरहेको बताए ।

कुलिङ अफ पिरियडमा कांग्रेसले प्रधानमन्त्री केपी ओलीसँग ‘कुलिङ पिरियड’ हटाउने र ढिलो गर्ने कुरा स्वीकार्य हुन नसक्ने उल्लेख गरे । सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्ने कुरा कांग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्नु रहेको कोइरालाको भनाइ छ ।

‘हामी सरकारमा छौं, ठीक छ, उपाय छैन । तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिस्टहरुले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौं । दुःख त्यहाँ लागिरहेको छ । हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले हामीले भन्नसक्नुपर्छ,’ उनले भने, ‘सच्याउने नाममा राष्ट्रिय सभाले उल्टै एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो कि होइन ? यो कुरा हामीले बुझ्न जरुरी छ । जसरी सभापतिजीले टेक एन्ड पे र टेक अर पेमा अडान लिनुभएको थियो, त्यो अडान अहिले चाहिएको छ हामीलाई ।’

सांसद कोइरालाले भूमिसम्बन्धी विधेयक पारित गर्न किन हतार भएको ? भन्दै प्रश्नसमेत गरे । आजको भोलि नै किन पारित गर्नुपर्ने भन्दै भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराइरहेको आरोप पनि लगाए ।

‘भूमिसम्बन्धी विधेयक, के हतार छ ? किन आजको भोलि नै पास गर्नुपर्‍यो । के कारण पर्‍यो । किन समितिमा छलफल गर्न डराइरहनुभएको छ, एमालेका मित्रहरु, सांसदहरु ? त्यसको जवाफ नेपाली कांग्रेसका साथीहरुलाई चाहिन्छ,’ कोइरालाले भने ।

सांसद कोइरालाले कांग्रेस चुपचाप लागेर बस्न नहुने पनि बताए । भ्रष्ट मन्त्रीहरु अहिले पनि सरकारमै रहेको उनको आरोप छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार