बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘नेपालको कम्युनिस्ट आन्दोलनका जनक पुष्पलाल हुन्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
‘नेपालको कम्युनिस्ट आन्दोलनका जनक पुष्पलाल हुन्’
काठमाडौं, साउन ७ :

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको जनक भएको बताएका छन् ।

कीर्तिपुरमा बुधबार आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको पिता भएको बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय रहेको बताए । नेपालमा मार्क्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल भएको भुसालको दाबी छ ।

‘कमरेड पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको पिता, नेपाली कम्युनिस्ट आन्दोलनका जनक भनेर बुझ्नुपर्छ । उहाँको योगदानका आधारमा हामीले मूल्यांकन गर्नुपर्छ । पुष्पलाल नै त्यो व्यक्तित्व हुनुहुन्छ, जसले नेपालमा मार्क्सवादको प्रवेश गराउनुभयो,’ उनले भने, ‘सर्वप्रथम नेपालमा मार्क्सवादको प्रवेश गराउने नेपाली भाषामा मार्क्सवादको व्याख्या गर्ने पहिलो व्यक्ति हो पुष्पलाल ।’

उपाध्यक्ष भुसालले पुष्पलालले सुरु गरेका काम आज पनि अधुरै रहेको बताए । ‘मुलुकलाई समाजवादमा पुर्‍याउने लक्ष्य, नेपाली समाजको इतिहास नयाँ ढंगले लेख्नुपर्छ भन्ने पुष्पलालको लक्ष्य आज पनि अधुरो छ,’ उनले भने । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार