बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

संसद्‍मा रास्वपा र राप्रपाको दैनिकी, पहिला आफू बोल्ने अनि बाहिरिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
संसद्‍मा रास्वपा र राप्रपाको दैनिकी, पहिला आफू बोल्ने अनि बाहिरिने
काठमाडौं, साउन ७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका ती दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका थिए । आजको बैठक प्रारम्भ भएसँगै दुवै दलका सांसदहरू आफ्नो आसनबाट उभिएर बैठक बहिष्कार गरेका हुन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सांसद बिन्दवासिनी कंशाकारलाई बोल्न समय दिएका थिए । उनीहरूले आ–आफ्ना धारण राखिसकेपछि दुवै दलका सबै सांसद बैठकबाट बाहिरिनुभएको थियो ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार