बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
समाचार प्रदेश बागमती प्रदेश

रसुवा बाढीले चीनतर्फ अलपत्र परेका २०५ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए

२० वटा गाडीमार्फत उनीहरूलाई केरुङबाट तातोपानी ल्याइएको हो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
रसुवा बाढीले चीनतर्फ अलपत्र परेका २०५ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
सिन्धुपाल्चाेक, साउन ७ :

रसुवा बाढीका कारण अलपत्र परेका २०५ जना नेपाली १६ दिनपछि तातोपानी नाका हुँदै बुधबार नेपाल फर्किएका छन्। फर्किएकामध्ये २ जना बालबालकासमेत छन्।

गत असार २३ गते भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुल बगाएपछि उनीहरू चीनतर्फ अलपत्र परेका थिए। चिनियाँ सुरक्षाकर्मीसहितको २० वटा गाडीमार्फत उनीहरूलाई केरुङबाट तातोपानी ल्याइएको हो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार तिब्बतको न्यालामस्थित विदेश विभागका प्रतिनिधिमण्डलको पहलमा उनीहरूलाई उद्धार गरी नेपाली प्रशासनलाई जिम्मा लगाइएको छ।

तातोपानी आइपुगेपछि भोटेकोशी गाउँपालिकाले उनीहरूका लागि स्वास्थ्य परीक्षण र खानाको व्यवस्था गरेको छ। रसुवाको मितेरी पुल चीनतर्फ रहेको भाग बगाएकाले केरुङमा अड्किएका नेपालीलाई उद्धार गर्न नेपाल सरकारले निरन्तर पहल गरेको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार