सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

‘ज्येष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्छु’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
‘ज्येष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्छु’
काठमाडौं, साउन ८ :

ज्येष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहालसँग भेट गरेको छ। महासंघका प्रतिनिधिहरुले दाहालनिवास खुमलटारमा पुगेर ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न माग राखेको हो ।

महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नेलगायत माग राखेको दाहालको सचिवालयले जनाएको छ ।

खासगरी २५०० भन्दा बढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ ।

महासंघका माग  आफूलाई गम्भीर बनाएको दाहालले प्रतिउत्तर दिएका थिए । ‘तपाईंहरूले उठाएका माग अत्यन्तै न्यायसंगत छन्,’ उनले भने, ‘म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी माग सम्बोधन गर्ने दिशामा हाम्रो पार्टीले सकारात्मक पहल गर्नेछ ।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार