काठमाडौं, साउन ८ :

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजारमा उकालो यात्रा कायमै छ । ३.७६ अंकले बढेको नेप्से आज २९८२.६४ विन्दुमा रोकिएको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.३१ अंकले बढ्दै ५१७.१३ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३२८ वटा कम्पनीको एक लाख ५४ हजार ६४२ पटकको कारोबारमा तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १८ अर्ब ४९ करोड चार लाख २८ हजार ७९४ रुपैयाँबराबरको कारोबार भएको छ ।

सामान्य बढेको सेयर बजारमा आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको मूल्यमा गिरावट आयो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ६ वटा समूहको सूचक बढ्दा सात वटाको सूचक घटे ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा ग्रिन भेन्चर लिमिटेड परेको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढ्दा अन्तिम सेयर मूल्य ५९५.२० रुपैयाँ कायम रह्यो ।

यसैगरी  बढी गुमाउने कम्पनीको सूचीमा मञ्जुश्री फाइनान्स लिमिटेडको डिबेन्चर परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता १०७० रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज राधी जलविद्युत् कम्पनी  लिमिटेडको कारोबार सर्वाधिक भएको छ । राधीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८७० रुपैयाँमा रह्यो । यसको ७७ करोड २१ लाख ४५ हजार २१६ रुपैयाँको सेयर कारोबार भएको छ ।