मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

रास्वपाको प्रश्न- एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ साउन, २०८२ मा प्रकाशित
रास्वपाको प्रश्न- एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
काठमाडौं, साउन ९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चाहिँदैन भनेर एमालेले मात्र भन्नुको कारणबारे प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले यसबारे प्रश्न उठाएकी हुन् ।

‘कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौंभन्दा नेकपा एमालेले मात्रै राख्नु पर्दैन भन्नुको कारणचाहिँ के रहेछ ?,’ उनले भनिन्, ‘सुन्दै छौं अहिले केही आसेपासेहरूलाई निजामती सेवा छोड्नासाथ राज्यका अंगहरूमा नियुक्ति गरेर शक्ति सन्तुलन बिगार्न कुलिङ पिरियड नराख्ने भनिएको छ । यसमा होस् पुर्‍याइयोस् जनताले नजिकबाट हेरिरहेका छन् ।’

राष्ट्रिय सभामा विधेयकमाथि संशोधन हाल्दै एमालेका सांसदहरूले  प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रतिवेदनमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान रहेको दफा नै झिक्नुपर्ने प्रस्ताव राखेका छन् । प्रस्तावित विधेयकको दफा ८२ को उपदफा ४ मा कुलिङ पिरियड राख्ने गरी प्रतिनिधिसभाले पास गरेर राष्ट्रिय सभामा पठाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार