काठमाडाैं, साउन १० :

राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरूङप्रति हार्दिक श्रद्धान्जली प्रकट गरेका छन् ।

राष्ट्रप्रति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामामा पुर्याउनुभएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । गुरुङ्गको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनका बेला गुरुङ्गले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरे । राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको पनि सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।