सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

राष्ट्रपति पौडेलद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० साउन, २०८२ मा प्रकाशित
राष्ट्रपति पौडेलद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त
काठमाडाैं, साउन १० :

राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरूङप्रति हार्दिक श्रद्धान्जली प्रकट गरेका छन् ।

राष्ट्रप्रति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामामा पुर्याउनुभएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । गुरुङ्गको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनका बेला गुरुङ्गले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरे । राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको पनि सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार