शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश मधेस प्रदेश

खडेरीले थलिएको मधेसमा पानीका लागि मुस्लिम समुदायको सामूहिक प्रार्थना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० साउन, २०८२ मा प्रकाशित
खडेरीले थलिएको मधेसमा पानीका लागि मुस्लिम समुदायको सामूहिक प्रार्थना
वीरगन्ज, साउन १० :

लामो समयदेखि वर्षा नहुँदा खडेरीको चपेटामा परेको मधेस प्रदेशमा पानीको अभावसँग जुझिरहेका मुस्लिम समुदायले शनिबार वीरगन्जमा वर्षाका लागि विशेष प्रार्थना (इस्तिस्का नमाज) गरेका छन्।

वीरगन्ज महानगरपालिका–१७ अलौंस्थित इदगाहमा करिब ४ सय मुस्लिम समुदायका सदस्यहरू भेला भई सामूहिक रूपमा ‘इस्तिस्का’ नमाज पढ्दै अल्लाहसँग पानीका लागि दुवा गरे। उनीहरूले प्रार्थनाका क्रममा “हे अल्लाह, हामीलाई माफ गर र वर्षा गराइदिनुस्” भनेर गुहारे।

स्थानीय आशिक अन्सारीका अनुसार लगातारको खडेरीका कारण खेतबाली सुक्न थालेको, चापाकलहरू सुकेको र पिउने पानीसमेत अभाव भएकोले समुदायले धार्मिक विधिबाट पानीको माग गरेका हुन्।

“हामीलाई भगवान् अल्लाहमाथि भरोसा छ, उहाँले हाम्रो दुवा स्वीकार गरी चाँडै वर्षा गराउनुहुनेछ,” अन्सारीले बताए। सुक्खा र खडेरीका कारण मधेसका जिल्लामा जनजीवन प्रभावित बनेको छ भने कृषिमा गम्भीर असर पर्न थालेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार