आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
खेलकुद

टुसाल मल्टी भेन्युमा अन्तरविद्यालय पौडी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
टुसाल मल्टी भेन्युमा अन्तरविद्यालय पौडी
काठमाडौं, साउन १२ :

टुसाल मल्टी भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता आगामी शनिबार हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मल्टी भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराए ।

विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ । नेपाल पौडी संघको प्राविधिक सहयोग तथा तार्केश्वर नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताका खेलहरु आयोजक मल्टी भेन्युको आफ्नै पौडी पोखरीमा हुनेछ । मल्टी भेन्यु हातामा २५ मिटर र १० मिटर लम्बाइको २ पौडी पोखरी रहेको छ ।

मल्टी भेन्युका प्रबन्ध निर्देशक लक्ष्मण केसीले विद्यालय स्तरबाटै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा सहभागी गराइ खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।

अपरेसन प्रबन्धक खड्काले विगतका संस्करणमा पाएको सकारत्मक अनुभवले प्रतियोगितालाई निरन्तरता दिन हौसला प्राप्त भएको बताए ।

तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै आएको बताउदै प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।

प्रतियोगितामा खेलाडीले हासिल गरेको पदकलाई निश्चित अंक प्रदान गरी शीर्ष तीन स्थानमा रहने टिमलाई पुरस्कृत गरिनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पनि पदकका आधारमा प्याकेज प्रदान गरिनेछ ।

तार्केश्वर नगरपालिका वडा ८, मनमैंजुस्थित मल्टी भेन्युमा पौडी पोखरीसहित साउना, स्टिम, जिम/कार्डियो, ज्याकुजी, बैंक्युट, इभेन्ट हल, रेस्टुरेन्टलगायत सुविधा छन् । पौडीको सिजनमा अकुवा जुम्बा पनि सञ्चालन गर्ने गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार