बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#सीता बादी#लैङ्गिक हिंसा#सुनचाँदीको मूल्य#निरन्तर घट्दो#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा #प्रधानमन्त्री वालेन्द्र शाह#सीता बादी#लैङ्गिक हिंसा#सुनचाँदीको मूल्य#निरन्तर घट्दो#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा
राजनीति भिडियो

हिंसा गर्नेहरू डराउनुपर्छ, पीडित होइन : मन्त्री बादी

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १८ मिनेट अगाडि प्रकाशित
हिंसा गर्नेहरू डराउनुपर्छ, पीडित होइन : मन्त्री बादी
काठमाडौं, मंसिर ९ :

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आज सन्देश जारी गर्दै उनले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताइन् ।  

महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने उल्लेख गर्दै उनले सन्देशमा नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको बताइन् ।

मन्त्री बादीले सन्देशमा विद्युतीय माध्यमबाट हुने हिंसा, बालबालिकामाथिको हिंसा तथा सीमान्तकृत समुदायमाथि हुने हिंसालगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने पदाधिकारी र आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आग्रह गरिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार