सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा #मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा
समाचार प्रदेश मधेस प्रदेश

आकाशमै बिरामी शिशु, आकाशमै भेटिए डाक्टर !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
आकाशमै बिरामी शिशु, आकाशमै भेटिए डाक्टर !
तस्बिर मनोज गजुरेलको फेसबुकबाट ।
काठमाडौं, साउन १२ :

जनकपुरबाट काठमाडौँ आउँदै गरेको यती एयरलाइन्सको एक नियमित उडानमा एक नवजात शिशुको आकस्मिक स्वास्थ्य समस्या देखिएपछि जहाजमै रहेका एक चिकित्सकले शिशुको ज्यान बचाएका छन्।

उक्त नवजात शिशु जन्मजात मुटुरोगबाट पीडित थिए। सोमबार उडानको क्रममा अचानक शिशुको शरीर निलो हुँदै गएपछि अभिभावक आत्तिए। परिस्थिति गम्भीर देखिएपछि एयरलाइन्सका कर्मचारीले यात्रुहरूबाट सहयोगको आग्रह गरे।

भाग्यवश, सोही उडानमा प्रदेश २ अन्तर्गत लहान प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झा पनि यात्रा गरिरहेका थिए। डा. झाले तत्काल शिशुको अवस्था बुझ्दै प्राथमिक उपचार गरे। उनले अक्सिजन प्रवाह मिलाउने, आपतकालीन चिकित्सा सहायता दिने र शिशुको अभिभावकलाई मानसिक रूपमा सान्त्वना दिँदै काठमाडौँस्थित अस्पताल पुर्याउन समेत सहयोग गरे।

गायकसमेत रहेका डा. झाको यो मानवीय र पेशागत कर्तव्यप्रतिको समर्पण प्रशंसनीय छ। संकटको घडीमा आफ्नो सीप र ज्ञान प्रयोग गरेर जीवन रक्षा गर्नु नै सच्चा मानवता हो। मनोज गजुरेलको फेसबुकबाट

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार