बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

एमालेको दबाबले बागमती प्रदेशका तीन मन्त्रीको शपथ रोकियो

एमालेले दलको नेताको विवाद समाधान नभएसम्म मन्त्री विस्तारमा सहमति नजनाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
एमालेको दबाबले बागमती प्रदेशका तीन मन्त्रीको शपथ रोकियो
काठमाडौं, साउन १४ :

सत्ता साझेदार नेकपा एमालेको असहमतिका कारण बागमती प्रदेश सरकारमा प्रस्तावित तीन मन्त्रीको शपथ रोकिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए । तर एमालेको दबाबका कारण बुधबार बिहान उनीहरूको शपथ रोकिएको हो।

मुख्यमन्त्री लामाले आफूलाई समर्थन गर्ने कांग्रेसका सांसदहरूलाई मन्त्रिपरिषदमा समावेश गर्न खोजेका थिए। तर नेकपा एमालेले दलको नेताको विवाद समाधान नभएसम्म मन्त्री विस्तारमा सहमति नजनाउने अडान लिएको स्रोतले जनाएको छ।

यसबीच, बागमती कांग्रेस संसदीय दलको नेताका लागि बहादुरसिंह लामा र इन्द्र बानियाँबीच प्रतिस्पर्धा हुँदैछ। मंगलबार दलको नेताबाट लामाविरुद्ध परेको अविश्वास प्रस्ताव २२ मतले पारित भएपछि पुनः नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो।

निर्धारित समयभित्र बानियाँ र लामाले उम्मेदवारी दर्ता गराएका थिए भने नाम फिर्ता नलिएपछि उनीहरूबीच बुधबार मतदान हुँदैछ।

झण्डै तीन वर्षअघि पनि लामा र बानियाँबीच प्रतिस्पर्धा भएको थियो । जहाँ बानियाँ पराजित भएका थिए। यसपटक भने बानियाँले लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गराएर आफूलाई मुख्यमन्त्री बनाउने रणनीति अघि सारेका छन्।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार