मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

माओवादीले तयार पार्‍यो स्थायी कमिटी बैठकका एजेन्डा

आन्तरिक एकता सुदृढीकरणमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
माओवादीले तयार पार्‍यो स्थायी कमिटी बैठकका एजेन्डा
काठमाडौं, साउन १४ :

नेकपा माओवादीले आन्तरिक एकतालाई सुदृढ गर्न स्थायी कमिटी बैठकमा छलफल गर्ने एजेन्डा तयार पारेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रको पदाधिकारी बैठकले पार्टीको आन्तरिक एकतामा फरकफरक धारणा सार्वजनिक भएको उल्लेख गर्दै पार्टीमा सुदृढ एकताका लागि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको हो ।

साउन १६ गतेदेखि बस्ने स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकता बलियो पार्दै आगामी महाधिवेशनको मिति तय गर्ने विषय र विचार मिल्ने दलहरूसँग पार्टी एकता गर्ने बैठकले निर्णय गरेको सचिव लिलामणि पोखरेलले बताए ।

पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको विवादको विषयले प्रवेश पाए पनि शर्माले सार्वजनिक गरेका टिप्पणीबारे भने बुँदागत रुपमा छलफल भएन ।

यसैबीच स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटीको बैठक पनि बस्ने भएको छ ।  स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक परिस्थितिको ब्रिफिङ गर्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार