बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद

विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा
काठमाडाैं, साउन १४ :

विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा आज नेपाली पुरुष टोली  शीर्ष स्थानमा रहेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकामा सबैमा जित हासिल ग-यो । पाँच टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलङ्कालाई ३–० तथा माल्दिभ्सलाई ३–१ र बङ्गलादेशलाई ३–२ को सेटमा पराजित ग-यो ।

नेपालले अन्तिम दिन भोलि भारतको सामना गर्ने छ । नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल छन् ।

दोस्रो स्थानमा रहेको भारतले श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हरायो । भारतले नेपालसँगै माल्दिभ्ससँग पनि खेल्न बाँकी छ । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको महिलामा पनि ३ खेल खेलेको नेपालले २ मा जित र १ मा हार व्यहो-यो ।

माल्दिभ्स र बङ्गलादेशलाई ३–० ले पाखा लगाएको नेपाल श्रीलङ्कासंग २–३ ले  चुक्यो । नेपाली टोलीको खेलाडीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल छन् । पाँचै टिम सहभागी महिलमा पनि नेपालले भोलि भारतको सामना गर्ने छ ।

प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित पाँच राष्ट्रका ३४ खेलाडी सहभागी छन् । भारतबाट १० तथा नेपाल, श्रीलङ्लका, बङ्गलादेश र माल्दिभ्सबाट समान ८–८ खेलाडी सहभागी छन् ।

राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने पुरुष÷महिला टोली इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछ्न ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार