बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश हो : मन्त्री पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश हो : मन्त्री पाण्डे
काठमाडौं, साउन १५ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित सातौं राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषा रहेको र नेपाल सांस्कृतिक रुपले पनि धनी रहेको बताए । नेपाल बहुसांस्कृतिक देश भएको बताउँदै नेपालीहरुले खाने खानपान र लगाउने भेषभुषाहरु संस्कृतिसँग मात्रै नभइ विज्ञान, जीवनदर्शनसँग सम्बन्धित रहेको बताए । असार १५ मा बलियो बन्नका लागि खिर खाइने र उर्जाशिल भएर काम गर्ने र साउन १५ मा खेतीपाती सकिसकेपछि स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन खिर खाने परम्परा रहेको बताए । 
मन्त्री पाण्डेले भने, ‘हामी नेपालीहरु विविधतापूर्ण संस्कृति अवलम्वन गर्ने देशवासीको रुपमा हामी छौँ । हाम्रा विभिन्न चाडपर्व छन्, भेषभुषाहरु छन् । बहुभाषी छौँ हामी । सांस्कृतिक दृष्टिकोणले पनि बहुसंस्कृतिले हामी ओतप्रोत छौँ । त्यसले सम्पन्न छौँ । हाम्रा खानपान, भेषभुषाका विशेषताहरु संस्कृति मात्रै नभइ विज्ञान, जीवन दर्शनसँग पनि सम्बन्धित छन् । खिर खाने साउन १५ को चाड पनि त्यही दृष्टिकोणले हामी सबै नेपालीले मनाइरहेका छौँ । नेपाल कृषिप्रदान देश । खेतमा जानुपर्ने, काम गर्नुपर्ने, असार, साउनमा, खेतीपातीमा पानीमा भिज्नुपर्ने विभिन्न कारणले शरीरमा चिसो पस्ने असार १५ को दिन दहि चिउरा खाएर उर्जा उत्पन्न गर्दछौँ । असारभर अझ काम गर्नुपर्छ । लगभग अब खेतीपातीको काम सकियो, चिसोमा धेरै खेल्नुपर्ने समय हो । अब खिर खाएर शरीरमा लागेको चिसोलाई भगाउने गरी शरीरलाई स्वस्थ राख्न गरिएको पर्व हो ।’

मन्त्री पाण्डेले यस्ता पर्वहरुले नेपालको मौलिक पहचान, संस्कृतिलाई प्रवद्र्धन गर्ने र नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार