नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी रह्यो ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत प्रस्तावमाथि १८ स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले आ-आफ्नो धारणा राखे ।
अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमाथि धारणा राख्ने अधिकांश नेताले नेतृत्वलाई बलियो र पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच देखिएको असमझदारीलाई संकेत गर्दै सदस्यहरुले मिलेर अगाडि बढ्न सुझाव दिएका थिए ।
शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक आइतबार पनि जारी रहने भएको छ । बैठक आइतबार(भोलि) बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त