सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार अर्थतन्त्र कर्पोरेट

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच साझेदारी सम्झौता

साना तथा मझौला उद्यम प्रवर्द्धन र व्यापार तथा लगानी अभिवृद्धिका लागि सम्झौता भएको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ साउन, २०८२ मा प्रकाशित
नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच साझेदारी सम्झौता
काठमाडौं, साउन १८ :

श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसिसी) र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई)बीच साना तथा मझौला उद्यम प्रवर्द्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।

श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीको उपस्थितिमा आज एनसिसीका तर्फबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डि शिल्भाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङ्काको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साना तथा मझौला उद्यममा एकअर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम,  प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो ।

यस्तै दुवै देशका चेम्बर प्रतिनिधिबीच दुईपक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानीजस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ ।

साना तथा मझौला उद्यमीद्वारा उत्पादित वस्तुहरुको एकअर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसिसी र एसएलसी एसएम आइकातर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।

दुईपक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्बन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ ।

खासगरी नेपाल र श्रीलङ्कामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार