आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

रास्वपा र राप्रपाका सांसदहरु आफ्ना कुरा राखेर संसद् बैठकबाट बाहिरिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
रास्वपा र राप्रपाका सांसदहरु आफ्ना कुरा राखेर संसद् बैठकबाट बाहिरिए
काठमाडौं, साउन १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि संसद् बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुने बित्तिकै सभामुखसँग समय लिएर आफ्ना कुरा राखेपछि उनीहरु बाहिरिएका हुन् । 

सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम शाहलाई आफ्ना कुरा राख्न समय दिए ।  उनले प्रधानमन्त्री केपी ओलीले आफूहरुलाई व्यवस्था विरोधी र संसद विरोधी भनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसको जवाफ फर्काए ।उनले भने,  ‘तपाईँको मन्त्रीहरुको अनुहारमा धुलो छ, रास्वपालाई ऐना हेर भन्न मिल्छ ?’

उनले भिजिट भिसाको नाममा मानव तस्करी गर्नेहरुको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । उनले घुस खाने मन्त्रीलाई राजीनामा गराएर फाइल बन्द गराइएको र अरु नाम पोलिएकालाई उन्मुक्ति दिइएको आरोप लगाए ।

त्यसपछि सभामुख घिमिरेले राप्रपा सांसद ध्रुबबहादुर प्रधानलाई आफ्नो कुरा राख्न समय दिएका थिए । उनले भिजिट भिसामा समस्या नभएको बताउँदै नियतमा समस्या भएको बताए ।

 उनले भिजिट भिसा प्रकरणमा भएको बदमासीको विरोध गर्दा कार्यकारी प्रमुखबाट राप्रपा र रास्वपालाई व्वस्था विरोधी भन्नु खेदजनक भएको बताए । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्‌मा विरोध गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार