काठमाडौं, साउन १९ :

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्‌को दुरुपयोग गरिररहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपाले संसद्‌मा गरिरहेको गतिविधिप्रति आपत्ति जनाए । रास्वपा र राप्रपाले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि संसद् बहिष्कार गर्दै आएका छन् ।

प्रमुख सचेतक घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसद्‌को मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे । उनले भने, ‘संसद्‌मा उभिएर सधैं गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भनेर भन्ने- भिजिट भिसा भनेको के मानव तस्करी हो ? यहाँ भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को छ ? को सांसद हुनुहुन्छ ? यो के भन्न खोजिएको हो ?’

अब पनि संसद्‌मा उभिएर अरुलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवादमा उत्रिने उनले चेतावनीसमेत दिए ।

यो पनि…

रास्वपा र राप्रपाका सांसद आफ्ना कुरा राखेर संसद्‌बाट बाहिरिए