आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति भिडियो

रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- संसद्‌मा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- संसद्‌मा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं
काठमाडौं, साउन १९ :

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्‌को दुरुपयोग गरिररहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपाले संसद्‌मा गरिरहेको गतिविधिप्रति आपत्ति जनाए । रास्वपा र राप्रपाले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि संसद् बहिष्कार गर्दै आएका छन् ।

प्रमुख सचेतक घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसद्‌को मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे । उनले भने, ‘संसद्‌मा उभिएर सधैं गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भनेर भन्ने- भिजिट भिसा भनेको के मानव तस्करी हो ? यहाँ भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को छ ? को सांसद हुनुहुन्छ ? यो के भन्न खोजिएको हो ?’

अब पनि संसद्‌मा उभिएर अरुलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवादमा उत्रिने उनले चेतावनीसमेत दिए ।

यो पनि…

रास्वपा र राप्रपाका सांसद आफ्ना कुरा राखेर संसद्‌बाट बाहिरिए

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार