
नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने भएको छ । सोमबार सम्पन्न स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका लागि मिति बनाएर वार्ता गर्ने निर्णय भएको बताए । बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको बताए।
उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ । आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको छ ।’प्रवक्ता सापकोटाले समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको बताए ।
यसैबीच माओवादीको केन्द्रीय समिति बैठक दसैंपछि बस्ने भएको छ । प्रवक्ता सापकोटाले यसबारे जानकारी गराएका हुन् । माओवादीले पोखरा पुगेर रोकेको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि सुरु गर्ने भएको छ । उक्त अभियानलाई ताप्लेजुङसम्म पुर्याइने प्रवक्ता सापकोटाले बताए ।