सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार स्वास्थ्य

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण
काठमाडौं, साउन १९ :

नेपाल मेडिकल काउन्सिलले लिएको स्नातकोत्तर तह (पीजी) को विशेष लाइसेन्स परीक्षामा ऐतिहासिक सफलता हासिल भएको छ। साउन १५ र १६ गते सञ्चालित उक्त परीक्षामा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । जुन हालसम्मकै उच्च दर मानिएको छ।

काउन्सिलका अनुसार यसपटक १,०७९ जनाले आवेदन दिएका थिए, जसमध्ये १,०७६ जना परीक्षामा सहभागी भए। सहभागीमध्ये ९८८ जना चिकित्सक उत्तीर्ण भएका छन् भने ८८ जना अनुत्तीर्ण भएका छन्। ४ जनाको नतिजा रोकिएको (वीथहोल्ड) अवस्थामा राखिएको छ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले यसपटकको नतिजा सम्भवतः ऐतिहासिक रेकर्ड भएको बताए। उनका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यो नतिजा ०.३७ प्रतिशतले बढी हो।

उक्त विशेष परीक्षा काठमाडौंको पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन गरिएको थियो। परीक्षामा कुल ३६ विषयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेपछि चिकित्सकहरूले विशेषज्ञ चिकित्सकको रूपमा कानुनी रूपमा सेवा दिन पाउने छन्। नेपाल मेडिकल काउन्सिलले हरेक वर्ष साउन महिनामा पीजी लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार