बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

विप्लव नेतृत्वको नेकपाले तत्काल माओवादी केन्द्रसँग एकता नगर्ने

नेकपाले खोज्यो एकताको कारण र आधार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० साउन, २०८२ मा प्रकाशित
विप्लव नेतृत्वको नेकपाले तत्काल माओवादी केन्द्रसँग एकता नगर्ने
काठमाडौं, साउन २० :

नेकपा माओवादी केन्द्र  र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच तत्काल एकता नहुने भएको छ । 

नेकपाको हिजो साँझ बसेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको भन्दै एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले एकता गर्ने निर्णय गरेको भोलिपल्टै नेकपाले तत्काल एकता असम्भव रहेको जनाएको छ । नेकपा एकताको सट्टा आफ्नै नेतृत्वमा माओवादी धार समेटेर नेतृत्व गर्ने पहलकदमी लिने निर्णय गरेको छ।

नेकपाले ३० साउनमा सातवटै प्रदेशमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने र भदौमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको छ। बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले  नेकपा माओवादी केन्द्रले पहिला कारण र आधार स्पष्ट पार्नु पर्ने भन्दै अहिलेलाई एकताको सम्भावना टरेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार