
काठमाडौं, साउन २० :
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन् ।
संसद भवन परिसरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले समितिले गम्भीर त्रुटिका रुपमा लिएको बताए । समिति सभापति र सचिवले नियतजन्य रुपमा गडबड गरेको उनले आरोप लगाए ।
उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यम रहेको र पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको निष्कर्ष रहेको बताए ।
उनले भने, ‘हामीले गम्भीर त्रुटी भनेका छौं, यसलाई मानवीय त्रुटिका रुपमा लिन सकिँदैन । त्यो नियतजन्य रुमपा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रुपमा जानाजान नै छेडखानी गरिएको छ ।’
कानुनतः प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने र नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए।