बेइजिङ, साउन २० :

चीनको ग्वाङडोङ प्रान्तमा चिकनगुनियाका कारण सात हजारभन्दा बढी प्रभावित बनेका छन् । चिकनगुनियाबाट प्रभावित हुनेहरुको यो तथ्यांक जुलाईयताको हो ।

चिकनगुनियाका कारण यहाँ कोभिड-१९ महामारीको समयमा लिइएका जस्तै पहलहरु गरिएका छन् ।

सबैभन्दा बढी प्रभावित सहर फोसानमा चिकनगुनियाबाट प्रभावित बिरामीहरूलाई अस्पतालमा राखिएको छ । परीक्षणको नतिजा नेगेटिभ आएपछि वा अस्पतालमा एक साता बसेपछि मात्र उनीहरूलाई डिस्चार्ज गरिँदै छ ।

चिकनगुनिया लामखुट्टेबाट फैलिने भाइरल रोग हो । यसले ज्वरो र गम्भीर जोर्नी दुखाइ निम्त्याउँछ। यो दुखाइ कहिलेकाहीं वर्षौंसम्म रहन सक्छ ।

चिकनगुनिया रोग चीनमा दुर्लभ छ, तर दक्षिण र दक्षिणपूर्व एसिया र अफ्रिकाका केही भागमा चिकनगुनियाको प्रकोप सामान्य छ । -बीबीसी