बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति शिक्षा

प्रधानाध्यापक शिक्षक महासंघको सदस्य बन्न नपाउने

अबदेखि आन्तरिक प्रतिस्पर्धा, जेष्ठता, कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुने।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
प्रधानाध्यापक शिक्षक महासंघको सदस्य बन्न नपाउने
काठमाडौं, साउन २२ :

विद्यालयका प्रधानाध्यापक (प्रअ)  अबदेखि  नेपाल शिक्षक महासंघको सदस्य हुन नपाउने भएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा यस्तो व्यवस्था गर्ने सहमति गरेको हो।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, महासंघको सदस्य रहेका शिक्षक प्रअमा नियुक्त भएमा ती शिक्षकको सदस्यता स्वत: निष्क्रिय हुने व्यवस्था हुनेछ। साथै, प्रधानाध्यापक पदमा रहँदा महासंघका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

त्यस्तै, महासंघका दुई जना पदाधिकारीले बढीमा २ महिना काज सुविधा लिन सक्ने गरी सहमति गरिएको छ। काजमा खटिने शिक्षकले मन्त्रालयले तोकेको स्थानमा अनिवार्य रूपमा हाजिर गर्नुपर्नेछ। साथै, काजका कारण हुने शिक्षक अभावको समाधानका लागि मन्त्रालयले वैकल्पिक व्यवस्था गर्नुपर्नेछ।

यसका अतिरिक्त, शिक्षकको बढुवा प्रणालीमा पनि परिवर्तन गरिँदैछ। आजको समितिको बैठकले शिक्षक बढुवाको प्रक्रिया तीन विधिबाट गर्ने निर्णय गरेको छ। अब आन्तरिक प्रतिस्पर्धा, जेष्ठता, कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुनेछ।

यस अघि, बढुवा केवल आन्तरिक प्रतियोगिता र आवधिक प्रक्रियाबाट गरिँदै आएको थियो। नयाँ प्रस्ताव परामर्श उपसमितिमा सहमतिपछि समितिमा छलफल गरी पारित गरिएको हो। देशभर हाल २७ हजार सामुदायिक विद्यालय सञ्चालनमा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार