काठमाडौं, साउन २३ :
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गरेका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुसी हुने र पुरस्कार दिनसक्ने कटाक्ष गरे ।
उनले भने, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।’
केही समयअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष नेपालले संसारमा असम्भव भन्ने कुरा केही पनि नरहेको बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने