काठमाडाैं, साउन २४ :
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने बताएका छन् ।
संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संघीय लोकतान्त्रिक मोर्चाका लागि उपनिर्वाचन परीक्षा भएको बताएका छन् । रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो,’ चौधरीले भने, ‘यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने छ ।’
उनले थारु भएकै कारण आफूहरूमाथि राज्यसत्ताबाट अन्याय र विभेद भएको गुनासो पोखे । सबै उत्पीडितहरूको एकताको निम्ति मोर्चा गठन गर्नु परेको उनको भनाइ थियो ।मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने