राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार हुन इच्छुक भई आवदेन दिएका ९ जनासँग छलफल गर्दैछ ।
आवेदन दिएका ९ जनासँग आज दिउँसो १ बजेदेखि छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए । छलफलमा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी सभापति देवराज पाठक सहभागी हुनेछन् ।
कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा,ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुशुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वापाले उम्मेदवारी दिनेविरुद्ध उजुरी दिन २४ घण्टाको समय दिइएको थियो । उनीहरुविरुद्ध के कस्ता उजुरी परे भन्नेबारेमा भने सार्वजनिक गरिएको छैन ।
राप्रपाका नेता दीपक बोहोराको निधन भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो । सबै दलले योग्य उम्मेदवारको खोजी गरिरहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने