बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

भूमि विधेयकमाथि छलफल, अस्पस्ट भाषा प्रयोग गरिएकोमा सांसदहरूले असन्तुष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
भूमि विधेयकमाथि छलफल, अस्पस्ट भाषा प्रयोग गरिएकोमा सांसदहरूले असन्तुष्टि
काठमाडौं, साउन २५ :

भूमि सम्बन्धी विधेयकमाथि छलफल भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

प्रतिवेदनमा आएको भाषा अस्पस्ट रहेको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् ।कांग्रसका सांसद वीरबहादुर बलायरले भूमि विधेयकमा दुविधायुक्त भाषा प्रयोग गरिएकोप्रति आपत्ति जनाए ।

रास्वपाका सांसद अशोक चौधरीले पनि अहिले सांसदहरूले नै विधेयकको भाषा नबुझ्दा पछि कार्यान्वयन कसरी हुन सक्ला? भनी प्रश्‍न गरे ।

यस्तै माओवादी केन्द्रकी सांसद रुपा शोसी चौधरीले विधेयको ड्राफ्ट नै प्रष्ट नभएको भन्‍दै आपत्ति जनाइन् 

गत बिहीबार समितिले साढे पाँच घण्टासम्म छलफल गरेर विधेयकमाथिको दफावार छलफल सकाएको थियो ।प्रस्तावित विधेयकमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन गर्ने प्रस्ताव छ । 

सांसदहरूले राखेका संशोधन प्रस्तावलाई आधार बनाएर विधेयकको प्रतिवेदन तयार पार्ने जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वनत तथा वातावरण मन्त्रालय र संसदीय समितिको सचिवालयलाई दिइएको छ । आज यो विधेयक पारित गर्ने तयारी गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार