काठमाडौं, साउन २५ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका शीर्ष नेताले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी आफू नै हुने बताएका छन्।

काठमाडौँमा आइतबार आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रममा थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा धेरै खुसी आफू नै हुने बताए।

तीन शीर्ष नेताले सन्यास लिने दिन कुरेर बसेको बताउँदै थापाले नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएकोले जनतामा वितृष्णा बढेको बताए ।

उनीहरुले सन्यास लिँदा अवमूल्यन गरेर नभई सम्मान गरेर खुसी हुने पनि प्रष्ट पारे।  नेपालमा भएका राजनीतिक परिवर्तनमा उनीहरुको पनि ठुलो योगदान रहेको थापाले चर्चा गरे।