आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति कृषि

प्रधानमन्त्रीले भने- साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमा पर्याप्त मल छन्, कतै अभाव भए भन्नू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीले भने- साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमा पर्याप्त मल छन्, कतै अभाव भए भन्नू
काठमाडाैं, साउन २५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध समेत गरेका छन् ।

‘कृषि मन्त्रालयले दिएको जानकारीअनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ,’ प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिएका छन् । उनका अनुसार युरिया मल १६ हजार ५३९ मेट्रिक टन, डिएपी मल सात हजार ६५३ मेट्रिक टन र पोटास मल चार हजार ९१५ मेट्रिक टन कृषि सामग्री केन्द्रमा मौज्दात छ ।

यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे । युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी मल ९४२ मेट्रिक टन तथा पोटास मल एक हजार ७८५ मेट्रिक टन मौज्दात छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार