सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार अर्थतन्त्र

नेपालगन्ज-दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ साउन, २०८२ मा प्रकाशित
नेपालगन्ज-दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा
काठमाडौं, साउन २६ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगन्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

नेपालगन्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज (सोमबार) मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

‘उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगन्ज-दिल्ली उडानको एजेन्डालाई हामी प्राथमिकतामा राखेका छौं,’ उनले भनिन्, ‘यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभिटी जति बढाउन सक्यौं त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।’

उनले नेपाल-भारतबीच कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्कलगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने धारणा राखिन् । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै राणाले नेपालगन्जमा पनि होटेललगायत आवश्यक पर्यटन पूर्वाधारहरु बनिसकेकाले नेपालगन्ज-दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् ।

प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेन्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले सोमबार परराष्ट्रमन्त्री राणालाई भेटेर यस्तो आग्रह गरेको हो ।

त्यस अवसरमा उनीहरुले नेपालगन्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्न नेपालगन्ज-दिल्ली सीधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरेका थिए । उनीहरुले नेपालगन्ज विमानस्थलबाट प्रतिघण्टा ६०० यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधारहरु निर्माण पनि भइसकेका जानकारी गराएका थिए ।

यस्तै नेपालगन्ज-दिल्ली उडानका लागि लबिइङमा जुटेको यो टोलीले आजै प्रधानमन्त्री केपी ओलीको समेत ध्यानाकर्षण गराएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार