बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम #यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम
समाचार

देवघाट क्षेत्र विकास समिति पदाधिकारी नियुक्त, जिम्मेवारीसहित काम गर्न मन्त्री पाण्डेको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
देवघाट क्षेत्र विकास समिति पदाधिकारी नियुक्त, जिम्मेवारीसहित काम गर्न मन्त्री पाण्डेको निर्देशन
काठमाडौं, साउन २७ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।

सात सदस्यीय समितिमा दुई महिलासहितको समावेशी संरचना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले देवघाट क्षेत्र गुरुकुलका गतिविधिका कारण चलायमान रहेको र त्यसले क्षेत्रको जीवन्तता कायम राखेको बताए । उनले भने, ‘यदि गुरुकुल नै हटाइयो भने यहाँ शून्यता हुनेछ । त्यसैले नयाँ पुस्तामा ज्ञान, चेतना र पुनर्जागरण ल्याउने वातावरण निर्माण गर्नुपर्छ ।’

मन्त्री पाण्डेले देवघाटमा महाकुम्भजस्ता भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्भावना रहेको उल्लेख गर्दै बागमती र गण्डकी प्रदेश सरकारसँगको सहकार्यका साथै निजी क्षेत्रलाई आकर्षित गरी अवसर उपयोग गर्न सुझाए ।

चितवन, नवलपुर र तनहुँजस्ता भौगोलिक तथा सामाजिक दृष्टिले अनुकूल स्थानमा अवस्थित देवघाटको पर्यटन र सांस्कृतिक महत्त्व अझ उँचो बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले समितिका पदाधिकारीलाई अनुकरणीय काम गर्न अपेक्षा गरे । ‘मन्त्रालय नीतिगत र कानुनी रूपमा सहयोग गर्न सधैं तयार छ,’ मन्त्री पाण्डेले भने, ‘यो कुनै लाभको पद होइन, जिम्मेवारीको पद हो । गठन आदेश अध्ययन गरी त्यसअनुसार काम गर्नुहोस् ।’

त्यस अवसरमा मन्त्रालयका सचिव हरि मैनालीले राजधानीबाट नजिक र सुविधाजनक स्थानमा रहेको देवघाटले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त पदाधिकारीमा अध्यक्ष ईश्वरीराज लौडारी, सदस्यहरू चन्द्रमित्र पण्डित (चितवन), लक्ष्मण सुवेदी (चितवन), सालिकराम सापकोटा (नवलपरासी), युकुमारी शर्मा (नवलपरासी), रामहरि पुडासैनी (तनहुँ) र इन्द्रमाया थापा मगर (तनहुँ) छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार