
काठमाडौं, साउन २८ :
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा दिएका छन् ।
मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज (बुधबार) सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको छलछामको छानबिनका लागि गठित संसदीय विशेष समितिले खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई लाई जिम्मेवार ठहर्याएको थियो।
उनले आफू किसुनजीबाट दीक्षित मान्छे भएको बताउँदै पदभन्दा प्रश्न ठुलो हो भन्ने मान्यताका आधारमा हाँसीहाँसी राजीनामा दिएको बताएका छन् । विपक्षी दलहरुले लगातार रुपमा उनको राजीनामा माग्दै आएका थिए ।