बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
समाचार गण्डकी प्रदेश अर्थतन्त्र

गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ

खेतबारी हरियाली भएपछि अभियन्तालाई सम्मान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ
बागलुङ, साउन २९ :

बागलुङ काठेखोला गाउँपालिका ७, रेश गाउँका गुमबहादुर घर्ती र उनकी पत्नी देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् ।

गाउँको १५ सय रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी ३,२६६ रुपैयाँमा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन्, तर त्यसबापत अग्रिम रुपमा रकम उपलब्ध गराउनुपर्छ ।

घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर ६ लाख १७ हजार ४०० आर्जन मात्र गरेनन् १० जनालाई रोजगारी पनि दिए ।

किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर ६ लाख सात हजार ६०० रुपैयाँ कमाए । उनले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था मिलाए ।

यो नयाँ अवधारणाले गाउँका बाँझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उनीहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उनीहरूलाई वडाले एउटा मिनी टिलर पनि उपहार दिने घोषणा गरेको छ ।

वडा कार्यालयमा पौरखी किसानलाई बुधबार सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भने, ‘प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।’ -रासस
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार