बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सदन बहिष्कारलाई राप्रपाले निरन्तरता दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
सदन बहिष्कारलाई राप्रपाले निरन्तरता दिने
काठमाडौं, साउन २९ :

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सदन बहिष्कारलाई निरन्तरता दिने बताएका छन् । उनले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने बताए।

बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधार दिनुभएको राजीनामा सकारात्मक सन्देश भएको बताए ।

‘नियतबश भएको भए नैतिकताका आधारमा राजीनामा मात्रै दिएर पुग्ने हो कि होइन ? भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न उठेको छ । अनियमित विषयहरू रोक्न न्यायिक छानबिन समिति गठन गर्नुपर्छ,’ उनले भने, ‘हामी सदन बहिष्कार गर्ने प्रक्रियामा छौँ ।’ आज पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक छाडेर बाहिरिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार