आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश बागमती प्रदेश

भीमफेदी कारागारमा एक कैदीको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
भीमफेदी कारागारमा एक कैदीको मृत्यु
हेटौंडा, साउन ३१ :

मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । जबरजस्तीकरणी मुद्दामा सजाय भोगिरहेका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा आज बिहान मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए ।

कारागारको `क´ ब्लकमा बस्दै आएका दुलाललाई बिहान श्वासप्रश्वासमा समस्या आएको थियो ।  बाथरूममै लडेरका दुलाललाई अचेत अवस्थामै हेटौंडा अस्पताल लगिएको थियो ।त्यहाँ ५०० जनाभन्दा बढी कैदीबन्दी राखिएको छ । दुलालको मृत्युको कारण खुलिसकेको छैन । पोष्टमार्टमपछि मात्रै कारण पत्ता लाग्ने उनको भनाइ छ ।

मृतक दुलाल २०७८ माघ १० मा जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए । पछिल्लो समय कारागारमा झडप र मृत्युका घटना दैनिक जसो भइरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार