हेटौंडा, साउन ३१ :

मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । जबरजस्तीकरणी मुद्दामा सजाय भोगिरहेका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा आज बिहान मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए ।

कारागारको `क´ ब्लकमा बस्दै आएका दुलाललाई बिहान श्वासप्रश्वासमा समस्या आएको थियो ।  बाथरूममै लडेरका दुलाललाई अचेत अवस्थामै हेटौंडा अस्पताल लगिएको थियो ।त्यहाँ ५०० जनाभन्दा बढी कैदीबन्दी राखिएको छ । दुलालको मृत्युको कारण खुलिसकेको छैन । पोष्टमार्टमपछि मात्रै कारण पत्ता लाग्ने उनको भनाइ छ ।

मृतक दुलाल २०७८ माघ १० मा जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए । पछिल्लो समय कारागारमा झडप र मृत्युका घटना दैनिक जसो भइरहेका छन् ।