बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

विभाजनको संघारमा नागरिक उन्मुक्ति

रञ्जितालाई अध्यक्ष मानेर अघि बढ्न नसकिने , बेग्लै पार्टी गठन गरेर अघि बढ्ने रेशमको समूहको तयारी।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
विभाजनको संघारमा नागरिक उन्मुक्ति
धनगढी, साउन ३१ :

निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई अध्यक्ष मान्य गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद चुलिँदै गएको छ। अध्यक्ष रञ्जितालाई स्वीकार गर्न नसक्ने भन्दै संरक्षक रेशम चौधरी समूह बेग्लै पार्टी गठनको तयारीमा जुटेको छ।

रेशम पक्षले राष्ट्रिय भेला गरेर रञ्जितालाई साधारण सदस्यबाट हटाउँदै लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो। तर आयोगले भेला अवैधानिक भन्दै रञ्जितालाई नै अध्यक्ष मान्यता दिएको छ। त्यसपछि रेशम समूह आन्तरिक छलफलमा जुटेको छ।

रेशमले नाउपामा अब अघि बढ्न नसकिने बताउँदै नयाँ विकल्प खोज्ने बताएका छन्। अध्यक्षको लागि रामलाल डगौरा र गंगाराम चौधरी पनि इच्छुक भए पनि अन्ततः रेशमले आफ्ना बुवालाई अध्यक्ष बनाएका थिए, जसले उनलाई परिवारवादको आरोपमा ल्याएको छ।

नाउपाको राष्ट्रिय भेलामा २१ मध्ये १३ जना केन्द्रीय सदस्य रेशम पक्षमा थिए। रञ्जिता पोखराको लिचीघारी जग्गा प्रकरणमा मुछिएपछि विवाद थप चर्किएको हो।

उता, कार्यवाहक अध्यक्ष शिव बास्तोला र अन्य नेताहरुले विधानअनुसार महाधिवेशनसम्म कुर्नुपर्ने बताउँदै तत्काल विभाजनमा नजान सुझाव दिएका छन्। तर दुवै समूहबीचको गहिरो अविश्वासका कारण पार्टी एकताको सम्भावना न्यून देखिएको छ। राजनीतिक पण्डितहरुले नाउपा अब विभाजनतर्फ उन्मुख भएको आकलन गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार